वीरेन्द्रबजारमा जन्ती चढेको जीप दुर्घटना: पाँच जनाको मृत्यु, नौ घाइते

वीरेन्द्रबजारमा जन्ती चढेको जीप दुर्घटना: पाँच जनाको मृत्यु, नौ घाइते

काठमाडौं: धनुषामा आज बिहान जन्ती चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार बा१ज ८२९३ नम्बरको जीप इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको हो। जन्ती महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका भएको पनि उनले बताए।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन्। मृतकमध्ये हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन।

मंसिर १७, २०७९ शनिबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।