दोलखा: १६ हजार मत गणना हुँदा माओवादीका कार्की नै अगाडि

काठमाडौं: दोलखाको प्रतिनिधि सभा सदस्य पदको जारी मतगणनामा सत्ता गठबन्धनकै उम्मेदवारको अग्रता कायम छ। हालसम्म १६ हजार एक सय ९४ मत गणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले ६ हजार सात सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
यसैगरी दोलखाको प्रदेश सभा (क) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ६ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन्।
प्रदेश सभा (ख) मा १७ हजार चार सय ३१ मत गणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन्। दोलखामा कुल ८५ हजार नौ सय ७८ मत खसेको थियो।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका छन्। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकामा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।
मंसिर १७, २०७९ शनिबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।