प्रदेश १ र सुदूरपश्चिममा आंशिक बदली, अन्त मौसम सफा हुने

प्रदेश १ र सुदूरपश्चिममा आंशिक बदली, अन्त मौसम सफा हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मौसम बदली हुने र अरू भूभागमा मौसम सफा हुने जनाएको छ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १७, २०७९ शनिबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।