स्याङ्जा–२: कांग्रेसका धनराजभन्दा २२ सय मतले पछाडि छिन् एमालेकी पद्मा

काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसका उम्मेदवार धनराज गुरुङले सुरुदेखि हालसम्म अग्रता कायम राखेका हुन्।
गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार २१३ मतले अगाडि छन्। बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार ४८० मत प्राप्त गर्दा अर्यालले २० हजार २६७ मत ल्याएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार २३८ मत ल्याएका छन्।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ। अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ। चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (ख) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिएका छन्। गणना सुरु भएदेखि नै पछाडि परेका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिएका हुन्। गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई १४२ मतान्तरसहित अगाडि छन्।
भट्टराईले १० हजार २६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन्।
मंसिर १७, २०७९ शनिबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।