पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा, दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणबाटै बाहिरियो

पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा, दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणबाटै बाहिरियो
तस्बिर– रोयटर्स

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलको समूह ‘एच’बाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन्।

एजुकेसन सिटी स्टेडियममा भएको पोर्चुगलसँगको खेलमा २–१ ले विजयी हुँदै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गर्यो।

खेलको पाँचौं मिनेटमा रिचार्डो होर्टाले गोल गरेर पोर्चुगललाई अग्रता दिलाए पनि त्यसलाई कायमै राख्न सकेनन्।

२७औं मिनेटमा किम योङ गाउनले गोल गरेर दक्षिण कोरियालाई बराबरीको स्थितिमा पुर्याए।

दोस्रो हाफको इन्जुरी समयमा कोरियाका लागि हवाङ ही चानले दोस्रो गोल गरेपछि कोरियाले अन्तिम १६मा आफ्नो स्थान पक्का गरेको हो।

पोर्चुगल भने हारका बावजुद पनि ६ अंकसहित समूह विजेता भएको छ। दक्षिण कोरिया ४ अंकसहित दोस्रो स्थानमा रह्यो।

यता, दुईपटकको विश्वविजेता उरुग्वे अल जनाब स्टेडियममा भएको खेलमा उरुग्वेले घानालाई २–०ले पराजित गरे पनि अन्तिमा १६ मा पुग्न सकेन।

उरुग्वेका लागि खेलको २६औं र ३२औं मिनेटमा जिर्जोन डि एरास्केटाले गरेका थिए। 

मंसिर १६, २०७९ शुक्रबार २३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।