बाजुरा, दोलखा र स्याङ्जा–२ मा जारी मतगणनामा गठबन्धनका उम्मेदवारको अग्रता

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेका तीन स्थानमा सत्तारुढ गठबन्धनका उम्मेदवारले नै अग्रता कायम गरेका छन्।
स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले एमालेकी पद्माकुमारी अर्यालभन्दा १ हजार ५५८ मतले अगाडी छन्।
साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याएकी छन्।
यस्तै, दोलखामा ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मंगा कार्कीले ५ हजार ६४३ मत प्राप्त गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ४ हजार ७८७ मत पाएका छन्।
त्यसैगरी, बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले २ हजार ५२९ मतले अग्रता बनाएका छन्।
उनले ७ हजार ५१२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर थापाले ४ हजार ९८३ मत पाएका छन्।
मंसिर १६, २०७९ शुक्रबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।