प्रेम बानियाँको सुझाव- ‘रविजी! हिजोको ह्याङ्गओभरबाट बाहिरिनुस्, डोजर नहसाउनुस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमेरिका बस्दै आएका पत्रकार प्रेम बानियाँले हिजोको ह्याङ्गओभरबाट बाहिर आउन सुझाव दिएका छन्।
शुक्रबार बेलुकी सामाजिक सञ्जालमा एक पोस्ट लेखेर बानियाँले सिंगो युवा पुस्ताको उदय र बिलयसँग जोडिएकाले हिजोको ह्याङ्गओभरबाट बाहिर निस्कन आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘अब अलि सिरियस हुनेबेला आयो है! सिंगो युवा पुस्ताको उदय र बिलयसँग तपाईं जोडिनुभएको छ। त्यसैले प्लिज हिजोको ह्याङ्गओभरबाट बाहिर आउनुस्। अब तपाईं स्वयम् देशको विशेष कन्टेन्ट हो।’
‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाले धेरै कुरा बिग्रने भन्दै उनले धेरैतिरबाट जस नखोज्न र मानक बन्न सुझाव दिए।
उनले थपे, ‘मानक बन्नुस न कि मानोपाथि! किन यस्तो हल्लाखल्लामै हो के तपाईं? डोजर नहसाउनुस् यसरी!’
मंसिर १६, २०७९ शुक्रबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।