नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय नतिजाविहीन भएको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल नतिजाविहीन भएको हो। योसँगै दुवै टोलीले १–१ अंका बाँडेका छन्।
नेपालले दिएको १ सय ९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो। वर्षाले खेल रोकिनुअघि नामिबियाले ४ बलमा ४ रन जोडेको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले। एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो।
यस्तै, आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे। अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए।
कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए।
सिरिजमा नेपाल २१ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। नामिबिया २८ खेलमा ३३ अंक जोडेर चौंथो स्थानमा रहेको छ। सिरिज अन्तर्गत नेपालले अब आइतबार स्कटल्याण्डको सामना गर्नेछ।
मंसिर १६, २०७९ शुक्रबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।