महानगर प्रमुख बालेन्द्रले अमेरिकी राजदूत भेटेपछि भीम रावलकाे प्रश्न

काठमाडौं : एमाले नेता डा.भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तालाई लिएर प्रश्न उठाएका छन्।
बालेन्द्रले बिहीबार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका हुन्।
नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले बालेन्द्रले परराष्ट्रमन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताए।
उनले ट्वीटरमा लेखेका छन्,‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’
मंसिर १६, २०७९ शुक्रबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।