७५ रन बनाएर पेभेलियन फर्किए ज्ञानेन्द्र मल्ल

७५ रन बनाएर पेभेलियन फर्किए ज्ञानेन्द्र मल्ल
तस्बिर- क्यान

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत शुक्रबार भएको नामिबियाविरुद्धको खेलमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७५ रन बनाएर पेभेलियन फर्र्किएका छन्।

नामिबियाको युनाइटेड क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले अहिले पनि ब्याटिङ जारी राखेको छ।

नेपालका लागि सर्वाधिक ७५ रन मल्ले बनाए। ९४ बल खेलेका उनले सात चौका र दुई छक्काको मद्धतले ७५ रन जोडेका हुन्।

यस्तै, आरिफ शेखले २३, आशिफ शेखले २०, अर्जुन साउदले १८, कुशल भुर्तेलले १३ र कप्तान रोहित पौडेलले १० रन बनाएर आउट भएका छन्।

मंसिर १६, २०७९ शुक्रबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।