बीग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा तरकारी र फलफूलमा १५ प्रतिशत छुट

काठमाडौं : विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बीग मार्टसँग सहकार्य गरेको छ।
हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको हो।
छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रूपैयाँसम्म छुट प्राउन सक्नेछन्।
स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मोबाइल बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
मंसिर १६, २०७९ शुक्रबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।