डिसहोममा वर्ल्डकप प्याकेज अब ३ सय रूपैयाँमै

काठमाडौं : आइएमई पेले ‘डिसहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकले डिसहोमको ‘वर्ल्डकप’ प्याकेज मात्र ३०० रूपैयाँमा आइएमई पेमार्फत खरिद गर्न सक्नेछन्।
ग्राहकले प्याकेजको भुक्तानी गर्दा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्नेछ। जसमार्फत ग्राहकले प्याकेजको पूर्ण मूल्य ५६५ रूपैयाँ तिर्दा २६५ रूपैयाँ क्यासब्याक स्वरूप फिर्ता पाउनेछन्।
अफर सीमित अवधिको लागि लागू हुने र पहिलो ३०० ग्राहकले मात्र प्याकेज क्यासब्याकमा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ।
मंसिर १६, २०७९ शुक्रबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।