उकेरामा भएको साइवर आक्रमणप्रति फ्रिडम फोरमको आपत्ति, छानबिनको माग

काठमाडौं : अनलाइन न्युज पोर्टल उकेरा डटकमको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी प्रकाशित समाचार हटाउने र उकेराका प्रधान सम्पादक केपी ढुङ्गानालाई धम्क्याउने कार्यको फ्रिडम फोरमले निन्दा गरेको छ।
उकेरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवैध नागरिकता र उनको पासपोर्ट लगायतका विषयमा उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको छ।
बिहीबार उकेराले उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन सचिव रहेको सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेकोबारे समाचार प्रकाशित गरेको थियो।
बिहीबार बेलुका साढे १२ बजे आसपास पुन सम्बन्धी समाचारसँगै रवि लामिछानेसँग सम्बन्धित र अन्य गरी पाँच वटा समाचारमा छेडखानी गर्दै समाचार हटाएर हेडलाइन बदली असम्बन्धित सामग्री प्रकाशित गरिएको थियो।
फोरमले बुलेटिनमार्फत यस्ता घटनाले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने भन्दै यस घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
उकेरामा प्रकाशित पाँच सामाग्रीमा छेडखानी भएकोमा तीन सामग्री रिकभर गरेर पुन: प्रकाशित गरिएको छ। सिएमएसमा भएको अनधिकृत प्रवेशबारे उकेराको प्राविधिक समूहले अनुसन्धान गरिरहेको छ।
हटाइएका सामग्री
मंसिर १६, २०७९ शुक्रबार १४:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।