नेपालपे क्यूआरमा १ लाख भन्दा बढि मर्चेन्ट आबद्ध

नेपालपे क्यूआरमा १ लाख भन्दा बढि मर्चेन्ट आबद्ध

काठमाडौं : बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरू मार्फत नेपालपे क्यूआरमा १ लाख भन्दा बढि मर्चेन्ट आबद्ध भएका छन्।

चार महिनाको छोटो अन्तरालमा १ लाख भन्दा बढि मर्चेन्टहरू क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ।

नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो।

क्यूआर स्कीमको रूपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान छ।

मंसिर १६, २०७९ शुक्रबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।