‘साइबर विक’ अफरमा स्मार्ट क्युआर स्क्यान गर्दा १ हजार रूपैयाँसम्म छुट

काठमाडौं : बीग डिजिटल स्टोरको ‘साइबर विक’ अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससीटी)को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ।
मंसिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत छुट वा १ हजार रूपैयाँसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले यो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नेछन्।
मंसिर १६, २०७९ शुक्रबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।