एक करोड तीन लाख मत गन्दा समानुपातिकतर्फ एमाले अगाडि, स्वतन्त्र पार्टी चौथो

काठमाडौं: मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ।
यस्तै दोस्रो स्थानमा कांग्रेस छ। कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले (एकै निर्वाचन चिह्न) ११ लाख ६१ हजार २५६ मत पाएका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार ९२१ मत पाएका छन्।
जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार ९३१ र जनमत पार्टीले तीन लाख ९४ हजार ३४५ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ।
मंसिर १६, २०७९ शुक्रबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।