कपिलवस्तुमा भारतीय नागरिकमाथि कम्मर र काँधमा गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि कम्मर र काँधमा गोली प्रहार

बुटवल: कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्लाको मायादेवी गाउँपालिका- ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको छ। उनीमाथि चाकरचौडा बजारको एक होटलमा बसिरहेको अवस्थामा गोली प्रहार भएको हो।

घाइते भएका खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

मंसिर १६, २०७९ शुक्रबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।