दोलखा: माओवादीका कार्कीको अग्रता कायमै

दोलखा: माओवादीका कार्कीको अग्रता कायमै

काठमाडौं: दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै रहेको छ। हालसम्म पाँच हजार ९७० मत गणना हुँदा उनले तीन हजार ६१८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

जिल्लाको प्रदेश सभा (क) मा चार हजार ७३३ मत गणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार ५२५ तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ६१६ मत प्राप्त गरेका छन्।

प्रदेश सभा (ख) मा चार हजार ४९४ मत गणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन्।

जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

जिल्लामा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र छन्। कुल एक लाख ६१ हजार ४५० मतदाता र १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी थिए।

मंसिर १६, २०७९ शुक्रबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।