पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टियो, एक जनाको ज्यान गयो

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टियो, एक जनाको ज्यान गयो

झापा: झापाको दमक नगरपालिका- ९ मा गए राति मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

गए राति साढे ९ बजे प्रदेश १-०१-०१६ प ८९९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री ईलामको माई नगरपालिका- १० बस्ने ४७ वर्षीय गोपाल राईको थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

गम्भीर घाइते मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका- ४ का २५ वर्षीय नितेश बस्नेतको न्यूरो अस्पाताल विराटनगरमा उपचार भइरहेको छ।

मंसिर १६, २०७९ शुक्रबार १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।