दोलखामा माओवादीका कार्की एमालेका शिवाकोटीभन्दा अगाडि

दोलखामा माओवादीका कार्की एमालेका शिवाकोटीभन्दा अगाडि

काठमाडौं: दोलखामा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्मको चार हजार ४९४ मत गणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले दुई हजार ९१० मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले एक हजार १८३ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेश सभा (क) मा तीन हजार ९६६ मत गणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार १८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ३२७ मत ल्याएका छन्।

प्रदेश सभा (ख) मा चार हजार ४५३ मत गणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन्।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

मंसिर १६, २०७९ शुक्रबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।