हल्चोकमा बस र मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं: काठमाडौंको हल्चोकमा हिजो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ घर भई हाल काठमाडौं महानगरपालिका- १४ बस्ने ३४ वर्षीय प्रतिक बाँस्कोटा रहेका छन्।
उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको हो। हिजो साँझ पौने ६ बजे बा५ख ६९५ नम्बरको बस र बा७८प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।
बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
मंसिर १६, २०७९ शुक्रबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।