स्याङ्जा–२: कांग्रेसका गुरुङ एमालेकी अर्यालभन्दा २४ सय मतले अघि

स्याङ्जा–२: कांग्रेसका गुरुङ एमालेकी अर्यालभन्दा २४ सय मतले अघि

काठमाडौं: स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्यालभन्दा दुई हजार ४१८ मतले अगाडि छन्।

केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार ५०२ मत ल्याएकी छिन। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन्। कुल ७० हजार १९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार ५८३ मत गणना भएको छ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ मतणना सकिएको छ। वडा नं १४ को मतगणना जारी छ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार ६५२ मतले पछाडि पारेका छन्। अर्यालले १३ हजार ८४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार १९५ मत ल्याएका छन्।

मंसिर १६, २०७९ शुक्रबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।