काठमाडौं महानगर प्रमुख र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं महानगर प्रमुख र अमेरिकी राजदूतबीच शिष्टाचार भेट
तस्बिर– काठमाडौं महानगरपालिकाको फेसबुकबाट

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन्।

भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए।

भेटका क्रममा प्रमुख साहले, काठमाडौं मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए।

शहरको जीवन्तता संरक्षण र प्रवर्द्धन महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो।

भेटमा राजदूत थम्पसनले काठमाडौंसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरूसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिबद्ध रहेको बताए।

अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ।

मंसिर १५, २०७९ बिहीबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।