सिके राउतको राजनीतिक भेटघाट बालुवाटारदेखि खुमलटारसम्म

सिके राउतको राजनीतिक भेटघाट बालुवाटारदेखि खुमलटारसम्म

काठमाडौं : जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका  राउतले साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका हुन्।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँग भएको भेटमा राउतले सत्तारुढ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बालुवाटार स्रोतले जानकारी दियो।

मंसिर १५, २०७९ बिहीबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।