नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरकाे जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ। साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो।

जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ। अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन।

मंसिर १५, २०७९ बिहीबार २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।