देउवा र सिके राउतबीच बालुवाटारमा भेटवार्ता, जनमत पार्टी सत्ता गठबन्धनमा सामेल हुन तयार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उनीहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ।
यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो।
प्रतिनिधिसभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ।
मंसिर १५, २०७९ बिहीबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।