एससीटी र शुलभ पेबीच सम्झौता

एससीटी र शुलभ पेबीच सम्झौता

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र शुलभ पेबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रमकामा एससीटीक प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पेका प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने विश्वास दुवै कम्पनीले लिएका छन्। सम्झौतापछि शुलभ पे प्रयोगकर्ताले एससीटी मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन्।

यस्तै, शुलभ पेमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन्।

मंसिर १५, २०७९ बिहीबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।