भदौमा बलात्कार भएकी युवतीकाे अहिले उजुरी परेपछि ६१ वर्षीय वृद्ध पक्राउ, अर्का एक फरार

भदौमा बलात्कार भएकी युवतीकाे अहिले उजुरी परेपछि ६१ वर्षीय वृद्ध पक्राउ, अर्का एक फरार

उदयपुर : २३ वर्षीया युवती बलात्कार आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा बस्ने ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

ज्ञान बहादुर र सोही ठाउँ बस्ने ३५ वर्षीय टिकाराम बिसुङ्खेले ती युवतीलाई २०७९ भदौमा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

प्रहरीले उनीहरूमध्ये ज्ञानबहादुरलाई पक्राउ गरेको हो। फरार टिकारामको खोजी गर्नुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर १५, २०७९ बिहीबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।