दुई अंकले बढ्यो शेयर बजार, नबिल बैंकमा झुम्मिए लगानीकर्ता

दुई अंकले बढ्यो शेयर बजार, नबिल बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ।

बिहीबार ११.२२ अंकले बढेर १९६१ विन्दुमा पुग्दा क वर्गको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ०.४८ अंकले बढेर ३८३ विन्दुमा पुगेको छ।

११ अंकले बजार बढ्दा कारोबार रकम पनि बढेको छ। यसदिन २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ।

बिहीबार कारोबार भएकामध्ये तीन उपसूचक समूह होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा घटेका छन् भने बाँकी १० उपसूचक समूह बढेका छन्। सबैभन्दा बढि जीवन बीमा समूह १.२८ प्रतिशतले बढेको छ।

यसदिन धौलागिरी लघुवित्त संस्थाका लगानीकर्ताले  १० प्रतिशत र स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले ९.२१ प्रतिशतले बढेको छ।

यसदिन नबिल बैंकमा लगानीकर्ता झुम्मिएका छन्। नबिल बैंकमा मात्र लगानीकर्ताले १४ करोड ४५ लाख रूपैयाँ लगानी गरेका छन्।

मंसिर १५, २०७९ बिहीबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।