सडकमा पिचको काम गरिरहेको ग्रेडरले किच्दा १५ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु

सडकमा पिचको काम गरिरहेको ग्रेडरले किच्दा १५ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु

कैलाली: धनगढी उपमहानगरपालिका- ५ हसनपुरस्थित पिपल चौतरा नजिक आज बिहान पिच गरिरहेको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्रीलाई किच्दा साइकलयात्री किशोरीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको तारानगर- ५ बस्ने करिब १५ वर्षीय चेतना साउद रहेकी छिन्।

आज बिहान करिब साढे १० बजेको समयमा धनगढीको हसनापुर पिपल चौतरा सडक खण्डमा सडक पिच गरिरहेको ना१क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साउदलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।

ग्रेडर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंसिर १५, २०७९ बिहीबार १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।