सुन तोलामा पाँच सय रुपैयाँले महँगियो

सुन तोलामा पाँच सय रुपैयाँले महँगियो

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य महँगिएको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ।

हिजो सुन तोलामा दुई सयले बढेको थियो। मङ्सिरमा विवाहको सिजन हुने भएको र सुन अत्यधिक मात्रामा खपत हुने भएकाले पनि केही दिनयता मूल्य लगातार उकालो लागिरहेको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार ३३० रुपैयाँ कायम भएको छ।

मंसिर १५, २०७९ बिहीबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।