स्याङ्जा– २ मा अग्रता फराकिलो बनाउँदै धनराज गुरुङ

पोखरा: स्याङ्जाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता बनाएका छन्। कांग्रेसले चापाकोटका चार वटा मतदान केन्द्र कब्जा गरेर एकछापे मत हालेको भन्दै एमालेका उमेवार पद्मा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेपछि रोकिएको मतगणना बुधबार रातिदेखि सुरु गरिएको थियो।
यस क्षेत्रको पछिल्लो मतगणनाअनुसार कांग्रेसका गुरुङले एक हजार १३५ मतले अर्याललाई पछि पारेका हुन्। गुरुङले चार हजार ५९० मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी अर्यालले तीन हजार ४५५ मत पाएकी छन्। त्यसैरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार २१ मत पाएका छन्।
हालसम्म गल्याङ नगरपालिको वडा नं ६, ७, भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७,८ र ९ को मतगणना सकिएको छ। यी क्षेत्र एमालेको प्रभाव बढी भएका क्षेत्र हुन्।
मंसिर १५, २०७९ बिहीबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।