२५ वर्षीया युवती बलात्कारको आरोपमा पाँचथरका एक पुरुष पक्राउ

२५ वर्षीया युवती बलात्कारको आरोपमा पाँचथरका एक पुरुष पक्राउ

ओखलढुङ्गा : २५ वर्षीया युवती बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्बा रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अरूणले ती युवतीलाई ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर १४, २०७९ बुधबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।