सुनसरी ४ मा एमाले र कांग्रेसबीच मात्र ३८३ मतान्तर

सुनसरी ४ मा एमाले र कांग्रेसबीच मात्र ३८३ मतान्तर

काठमाडौं : सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच ३८३ मतान्तरमा प्रतिस्पर्धा चलिरहेको छ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

बुधबार विहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका कार्कीले ३८३ मतले अगाडि छन्। कार्कीले २७ हजार ७२० मत ल्याउँदा कुसियैतले २७ हजार ३३७ मत प्राएका छन्।

दुई दिनसम्म मतगणना रोकिएको उक्त क्षेत्रमा मंगलबारदेखि पुनः सुरु भएको थियो।

मंसिर १४, २०७९ बुधबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।