बैतडीमा ७७ हजार मत खस्दा १९ हजार बदर

बैतडीमा ७७ हजार मत खस्दा  १९ हजार बदर

बैतडी : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा १९ हजार ७७१ मत बदर भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेका थिए। जसमध्ये ४ हजार ९६२ मत बदर भए।

प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकामा दुई हजार १३ मत बदर भए। प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार ८२० मत बदर भए।

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकामा पाँच हजार ४२१ मत बदर भएका छन्। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन्।

मंसिर १४, २०७९ बुधबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।