९२ वर्षको विश्वकप फुटबलमा बिहीबार इतिहास देख्दै यी तीन रेफ्री

काठमाडौं : पुरुष विश्वकप फुटबलको इतिहासमा पहिलोपटक पूरै महिला रेफ्रीले खेलको जिम्मेवारी सम्हाल्ने भएका छन्।
मंगलबार फिफाले एक ट्वीट गर्दै ९२ वर्षको इतिहासमा पहिलोपटक विश्वकप फुटबलको खेल सबै महिला रेफ्रीले सञ्चालन गर्ने जानकारी दिएको हो।
बिहीबार खेलिने समूह ‘ई’ अन्तर्गतको जर्मनी र कोस्टारिकाबीचको खेललाई स्टेफनी फ्रेपार्ट नेतृत्त्वको टीमले सञ्चालन गर्नेछ।
फ्रेपार्ट रुवाण्डाकी सलिमा मुकानसाङ्गा र जापानकी योशिमी यामाशितासँगै मे महिनामा विश्वकपका लागि छनोट भएकी रेफ्री हुन्।
फ्रेपार्टले मार्च २०२१ मा नेदरल्याण्ड्स र लाटभियाबीचको पुरुष विश्वकप छनोट खेलमा अफिसिएट गर्ने पहिलो महिला रेफ्री पनि हुन्।
खेलको लागि सम्पूर्ण अनफिल्ड अफिसिएटिङ्ग टोली महिला हुनेछन्, जसमा फ्रेपार्टका सहायकका रूपमा न्युजा ब्याक र करेन डियाज हुनेछन्।
This Thursday, an all-female refereeing trio will take charge of a men’s @FIFAWorldCup match for the first time.
— FIFA.com (@FIFAcom) November 29, 2022
Stéphanie Frappart will be joined by assistants Neuza Back and Karen Diaz in overseeing @fedefutbolcrc against @DFB_Team.
History in the making! 🙌 pic.twitter.com/KusT7SOUn9
मंसिर १४, २०७९ बुधबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।