सोमबार रातिदेखि बेपत्ता राउतको घाँटी रेटिएको अवस्थामा शव भेटियो

सोमबार रातिदेखि बेपत्ता राउतको घाँटी रेटिएको अवस्थामा शव भेटियो

सप्तरी : सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ।

उनको शव शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको हो।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए।

मंसिर १४, २०७९ बुधबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।