हुवावे र एप्पललाई पछ्याउँदै सामसुङ, ग्यालेक्सी एस२३ मा थप्न लाग्यो यस्तो फिचर

हुवावे र एप्पललाई पछ्याउँदै सामसुङ, ग्यालेक्सी एस२३ मा थप्न लाग्यो यस्तो फिचर

एजेन्सी : दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो आगामी फ्ल्यागशिप फोन ग्यालेक्सी एस२३मा हुवावे र एप्पलले जस्तै फिचर थप गर्ने भएको छ।

सामसुङको आगामी फोनमा कम्पनीले स्याटेलाइटमार्फत आपतकालीन फोन गर्नसक्ने सुविध राख्न लागेको हो। यसअघि यो फिचर आइफोन १४ को सिरिजमा उपलब्ध भइसकेको छ। यद्यपि त्यसले सबै देशहरूमा भने काम गर्दैन।

त्यसैगरी चिनियाँ कम्पनी हुवावेको मेट ५० प्रो फोनमा पनि यस्तो फिचर आइसकेको छ। यो फिचरलाई हुवावेले ‘मिडल किंगडम’मा मात्र प्रयोग गर्न मिल्नेछ।

एप्पलले केही दिनअघिमात्र क्यानडा र अमेरिकामा आपतकालीन स्याटेलाइट सञ्चारको शुभारम्भ गरेको थियो भने दुई हप्ताभित्र यो सेवा बेलायत, आयरल्याण्ड, फ्रान्स, जर्मनीमा उपलब्ध हुनेछ।

यसैबीच, गुगलले एन्ड्रोइड १४ मा स्यालेलाइट सञ्चारको लागि सपोर्ट गर्ने सिस्टम तयार गर्ने बताइसकेको छ।

मंसिर १३, २०७९ मंगलबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।