एकै समयमा दुई खेल परेपछि हिमालय टिभीका दुवै च्यानलबाट विश्वकपका खेल देखाइने

एकै समयमा दुई खेल परेपछि हिमालय टिभीका दुवै च्यानलबाट विश्वकपका खेल देखाइने

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा आज दुई खेल एकै समयमा छन्।

नेपाली समयअनुसार पौने ९ बजे हुने समूह ‘ए’का दुई खेलमा इक्युडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार भिड्दैछन्।

त्यस्तै राति १२:४५ बजे इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्डबीच हुने खेल पनि एउटै समयमा छ।

एक समयमा एउटा मात्र खेल हुँदा हिमालय प्रिमियम च्यानलमा देखाइँदै आएको एकै समयमा दुई खेल हुने भएपछि हिमालय टिभीमा पनि देखाउन लागिएको हो।

त्यसोभए, ५६५ रूपैयाँ तिरेर विश्वकप प्याकेज नकिनेका ग्राहकले पनि हेर्न पाउँछन् त विश्वकप ?

मिडिया हबका सञ्चालक सोम धितालले हिमालय प्रिमियमको सब्स्क्रिप्सन लिने ग्राहकले मात्रै हिमालय एचडीमा अर्को खेल हेर्न पाउने जानकारी दिए।

उनजे भने, ‘शुल्क नतिर्ने ग्राहकले खेल हुने समयमा हिमालय एचडी च्यानल हेर्न पाउने छैनन्।’

विश्वकप लाइभ हेर्न शुल्क तिर्ने ग्राहकले एउटा खेल हिमालय प्रिमियम च्यानलबाट हेर्न पाउनेछन् भने अर्को खेल नियमित टिभी च्यानल हिमालय एचडीमा आउनेछ।

तर, शुल्क नतिरेका दर्शकको टिभीमा भने खेल अवधिभर हिमालय एचडी टिभी च्यानल खुल्ने छैन।

मंसिर १३, २०७९ मंगलबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।