रास्वपाप्रति ओलीको टिप्पणी– ‘स्याप्पै बेलुन हावा नहाली कसरी यत्रो भयो? केही त होला’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको चुनाव चिन्हले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुगेको टिप्पणी गरेका छन्।
पार्टी कार्यालयमा भएको कार्यक्रममा ओलीले रास्वपा र फ्रिडम फोरमको चुनाव चिन्ह एकै भएकाले दुई पार्टीबीचको साँठगाँठको संकेत गरेका छन्। फ्रिडम फोरमकै घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै लामिछानेको कटाक्ष गरेका हुन्।
ओलीले अर्काको नक्कल गर्ने, अरुको इतिहास पढने र सुन्ने गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताए।
उनले भने– ‘अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिडम पार्टी अफ अमेरिका। त्यसको चुनाव चिन्ह पनि घण्टी छ। संयोग नै होला। दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ। तर, अस्तीसम्म स्याप्पै थियो त्यो बेलुन। तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला।’
मंसिर १३, २०७९ मंगलबार १८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।