कालिका रोकाको गीतमा बागलुङ पुगेर छमछम नाचे शिक्षामन्त्री पौडेल

कालिका रोकाको गीतमा बागलुङ पुगेर छमछम नाचे शिक्षामन्त्री पौडेल

काठमाडौं : भर्खरै निर्वाचन सकियो। मतपरिणाम पनि आउने क्रम जारी छ।

बागलुङ क्षेत्र नम्बर २ को मतपरिणाम पनि आइसक्यो र विजयी भए बहालवाला शिक्षामन्त्री देवेन्द्र पौडेल। उनी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार थिए।

जितपछि विजयी जुलुस र मतदातालाई धन्यवाद दिएर मन्त्रालय सम्हाल्न शुक्रबार काठमाडौं आए। शनिबार र आइतबार मन्त्रालय सम्हालेर मंगलबारको न्वागी मेलामा सहभागी हुन सोमबार पुन जिल्लातिर लागे।

मंगलबार भएको न्वागी मेलामा उपस्थित भएर आफ्ना मन्तव्य मात्र दिएनन्। गायिका तथा कलाकार कालिका रोकाले गाएको गीतमा छमछम नाचे पनि। उनकाे नाचले मेलामा थप राैनकता थपिएकाे थियाे।

मंसिर १३, २०७९ मंगलबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।