९८ मतान्तरबीच सुनसरी ४ मा मतगणना सुचारू

सुनसरी : तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुचारू भएको छ।
निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको हो।
राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
यहाँ एमालेका जगदिशप्रसाद कुसियत र सञ्चारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा छन्।
अहिलेसम्म गरिएको मत गणनामा कांग्रेसका कार्कीले २३ हजार ४३९ मत र एमालेका कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। कार्की ९८ मतले अघि छन्।
यहाँ ६० हजार मत गणना हुँदा २१ हजार मतगणना गर्न बाँकी छ।
मंसिर १३, २०७९ मंगलबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।