मतपरिणाम सोचेजस्तो नभएको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं : एकीकृत समाजवादी पार्टीले आम निर्वाचनको मतपरिणाम सोचजस्तो नभएको निष्कर्ष निकालेको छ।
मंगलबार बसेको ४२औं सचिवालय बैठकले पार्टीले पाएको मतपरिणाम सोचेको जस्तो नभएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार बैठकमा निर्वाचनको विषयमा छलफल र मतपरिणामको आँकलन भयाे। पार्टीले गठबन्धनको भावनाअनुसार काम गर्नेसमेत स्पष्ट पारे।
‘मतपरिणाम सोचेजस्तो छैन,’ उनले भने, ‘गठबन्धनका कारण प्राप्त उपलब्धिलाई रक्षा गर्दै गठबन्धनकै भावनाअनुसार काम गर्नुपर्छ भन्ने ठाउँमा हामी पुगेका छौं।’
अहिले प्राप्त मतमरिणामको विषयमा गम्भीर समीक्षा गर्दै थप उपलब्धि प्राप्त गर्न पार्टी संगठनलाई थप सुदृढ बनाउँदै लैजाने विषयमासमेत पार्टीमा छलफल भएको उनले जानकारी दिए।
मंसिर १३, २०७९ मंगलबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।