समानुपातिकतर्फ ९७ लाखभन्दा बढि मतको परिणाम सार्वजनिक, यी हुन् टप १० पार्टी

समानुपातिकतर्फ ९७ लाखभन्दा बढि मतको परिणाम सार्वजनिक, यी हुन् टप १० पार्टी

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका ९७ लाख मतको परिणाम सार्वजनिक गरेको छ।

मंगलबार दिउँसोसम्म आयोगले ९७ लाख ७१ हजार ६५७ मतको मतगणना सार्वजनिक गरेको हो। आयोगका अनुसार यस अवधिमा सबैभन्दा बढि २६ लाख ३७ हजार मत ल्याएर एमाले पहिलो स्थानमा छ।

२४ लाख ९२ हजार मत ल्याएर कांग्रेस दोस्रो स्थानमा हुँदा ११ लाख २३ लाख मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ। उसलाई १० लाख ८४ हजार मत ल्याएको माओवादी केन्द्रले पछ्याइरहेको छ।

पाचौं स्थानमा ५ लाख ५७ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी आउँदा जनता समाजवादी पार्टीले ३ लाख ७३ हजार मत ल्याएर छैटौं स्थानमा आफूलाई उभ्याएको छ।

यस्तै, जनमत पार्टीले पनि थ्रेसहोल्ड हटाएर ३ लाख २९ हजार मत ल्याउँदै सातौं स्थानमा रहँदा माधवकुमार नेपाल नेतृत्त्वको पार्टीलाई थ्रेसहोल्ड हटाउन सकस देखिएको छ। उसले २ लाख ७६ हजार मत मात्र ल्याएर आठौं स्थानमा छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ३९ हजार मत ल्याएर नवौं हुँदा महन्थ ठाकुर नेतृत्त्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३९ हजार मत ल्याएर दशौं स्थानमा छ।

मंसिर १३, २०७९ मंगलबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।