काठमाडौंको गोकर्णेश्वरमा कारसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

साङ्केतिक तस्बिर
काठमाडौं: काठमाडौंको गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा९च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।
खोटाङ घर भई काठमाडौंको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गए राति मृत्यु भएको हो।
दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मंसिर १३, २०७९ मंगलबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।