एक सय रुपैयाँले सस्तो भयो सुन

एक सय रुपैयाँले सस्तो भयो सुन

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९०० कायम छ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। आज चाँदी प्रतितोला एक हजार २८५ कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

मंसिर १३, २०७९ मंगलबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।