उदयपुर–१ मा तीन दिनदेखि रोकिएको मतगणना पुनः सुरु

काठमाडौं: उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पुनः सुरु भएको छ। सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो।
गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो।
एमालेसहितका केही स्वतन्त्र उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो।
मंसिर १३, २०७९ मंगलबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।