टोखामा बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु, एक जना घाइते

काठमाडौं: टोखा नगरपालिका- ६ ग्रिनल्याण्डमा गए राति मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना भने घाइते भएका छन्।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका- ४ का २६ वर्षीय सविन कँडेल रहेका छन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गए राति साढे ११ बजे कँडेलको मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार पञ्चकन्या गाउँपालिका- ४ कै २२ वर्षीय सन्देश कार्कीको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
गए राति सवा ११ बजे बा७४प ५७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो।
मंसिर १३, २०७९ मंगलबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।