विश्वकप: अमेरिका-ईरान, वेल्स-इङ्ग्ल्याण्ड भिड्ने

विश्वकप: अमेरिका-ईरान, वेल्स-इङ्ग्ल्याण्ड भिड्ने

काठमाडौं: कतारमा जारी फिफा विश्वकपमा आज पनि केही खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।

समूह 'ए'का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ।

यस्तै यही समूहको अन्तिम खेल नेदरल्याण्ड्स र कतारबीच पनि आज खेल हुँदैछ। यो खेल पनि नेपाली समयअनुसार राति ८:४५ बाटै सुरु हुनेछ।

यसका साथै आज राति १२ बजेपछि दुई खेल हुँदैछन्। नेपाली समयअनुसार १२:४५ मा समूह 'बी' ईरान र अमेरिका भिड्दैछन्। यस्तै सोही समयमा नै वेल्स र इङ्ग्ल्याण्डको खेल रहेको छ।

दुवै समूहका यी आठै टोली समूह चरणको आफ्नो अन्तिम खेल खेल्दैछन्।

मंसिर १३, २०७९ मंगलबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।