पोर्चुगल 'अन्तिम १६' मा, उरुग्वे २-० गोलअन्तरले पराजित

पोर्चुगल 'अन्तिम १६' मा, उरुग्वे २-० गोलअन्तरले पराजित

काठमाडौं: आज बिहान सम्पन्न पोर्चुगल र उरुग्वेबीचको खेलमा पोर्चुगल विजयी भएको छ। कतारमा जारी फिफा विश्वकपअन्तर्गतको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलअन्तरले हराएको हो।

योसँगै पोर्चुगल 'अन्तिम १६' मा पुगेको छ। फ्रान्स र ब्राजिलपछि नकआउट चरण पुग्ने पोर्चुगल तेस्रो टोली हो।

पोर्चुगलका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरेका हुन्। खेलको दोस्रो हाफको ५४ औं मिनेटमा र इन्जुरी समयमा ब्रुनोले गोल गर्दै पोर्चुगल जित दिलाएका हुन्। उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका हुन्।

अंक तालिकामा हाल समूह 'एच'मा पोर्चुगलको दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। उरुग्वेको १ अंक मात्र छ। उरुग्वे अन्तिम १६ मा पुग्ने सम्भावना अब न्यून छ।

मंसिर १३, २०७९ मंगलबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।